(१) नेपाल सरकारले देहायको योग्यता पुगेका व्यक्तिलाई कोष प्रबन्धकमा नियुक्त गर्न वा तोक्न सक्नेछ ः–
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरी बीमा, पुनर्बीमा तथा दावीको क्षेत्रमा कम्तीमा दश
वर्षको अनुभव प्राप्त गरेको ।
(ख) पैंतीस वर्ष उमेर पूरा भई साठी वर्ष ननाघेको ।
तर कोष प्रबन्धकको नियुक्ति नहुन्जेलसम्म बीमा समितिका बहालवाला अधिकृत कर्मचारीमध्येबाट अध्यक्षले
तोकेको व्यक्तिले कोष प्रबन्धकको कार्य गर्नेछ ।
(२) कोष प्रबन्धक सचिवालयको मुख्य प्रशासकीय अधिकारी हुनेछ । सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन गर्ने तथा कोषको काम कारबाहीको रेखदेख र नियन्त्रण गर्ने सम्पूर्ण अधिकार तथा कर्तव्य कोष प्रबन्धकको हुनेछ ।
(३) कोष प्रबन्धकको पदावधि तीन वर्षको हुनेछ र निजलाई पुन नियुक्त गर्न वा तोक्न सकिनेछ ।
(४) कोष प्रबन्धकको सेवा, शर्त तथा सुविधा बीमा समितिको सिफारिसमा नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कोष प्रबन्धकले कोषलाई हानि नोक्सानी पु¥याई यस नियमावलीको उद्देश्य तथा कोषको हित विपरीत हुने कुनै काम कारबाही गरेमा वा सञ्चालक समितिको नीति निर्देशन अनुरूप कार्य सम्पादन नगरेमा बीमा समितिले तोकिदिएको प्रक्रिया अपनाई सञ्चालक समितिले निजलाई कोष प्रबन्धक पदबाट हटाउन सक्नेछ ।
तर यसरी पदबाट हटाउनु अघि कोष प्रबन्धकलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट वञ्चित गरिने छैन ।